Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारलाई तोकियो चुनावी खर्चको सीमा

राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारलाई तोकियो चुनावी खर्चको सीमा

  • मंगलवार, फाल्गुण १६ २०७९

  • 303
    SHARES

  • राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारलाई तोकियो चुनावी खर्चको सीमा

    काठमाडौं। निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिका उमेद्वारहरुको चुनावी खर्च सिमा तोकेको छ। आयोगले निर्वाचन सम्बन्धी ऐनको दफा ६२ अनुसार तोकिएको चुनाव खर्चमा उमेदवारहरुले चुनाव प्रचारप्रसारका लागि चार लाख खर्च गर्न पाउने भएका छन् ।

    तोकिएको सीमा अनुसार सवारी साधनमा र गोष्ठी तथा अन्तरक्रियामा १÷१ लाख खर्च गर्न पाइने छ। कार्यालय सञ्चालनमा ६० हजार, प्रतिनिधि परिचालनमा ४० हजार, विविधमा २४ हजार, सवारी इन्धन, प्रचार प्रसार सामग्री, अन्य प्रचार प्रसार, छापा एवम् विद्युतीय माध्यममा २०÷२० हजार, ढुवानीमा १५ हजार र मतदाता नामावली खरिदमा १ हजार खर्च गर्न पाइनेछ।

    यसैगरी, आयोगले १७ फागुनदेखि ५ चैतसम्म आचारसंहिता लागू गर्ने भएको छ। उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुने भएकाले आयोगले ५ चैतसम्म आचारसंहिता लगाउने लागेको हो। फागुन २५ मा राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।

    राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमाले नेता सुवास नेम्वाङको उम्मेदवारी परेको छ। दुवैविरुद्ध कुनै उजुरी परेको छैन। राष्ट्रपति निर्वाचन सम्पन्न भएपछि उपराष्ट्रपतिको निर्वाचन हुन्छ।त्यसैले उपराष्ट्रपति पदको उम्मेदवारी दर्ता हुन बाँकी छ।


    मंगलवार, फाल्गुण १६ २०७९१२:५०:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij