Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति निर्वाचनअन्तर्गत आज उम्मेदवारी फिर्ता लिन पाउने कार्यतालिका

राष्ट्रपति निर्वाचनअन्तर्गत आज उम्मेदवारी फिर्ता लिन पाउने कार्यतालिका

  • मंगलवार, फाल्गुण १६ २०७९

  • 231
    SHARES

  • राष्ट्रपति निर्वाचनअन्तर्गत आज उम्मेदवारी फिर्ता लिन पाउने कार्यतालिका

    काठमाडौँ । राष्ट्रपति निर्वाचनअन्तर्गत आज मंगलबार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन पाउने कार्यतालिका रहेको छ । निर्वाचन आयोगका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।

    निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ हुने र सोही दिन साँझ ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी रहेको छ ।

    राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमाले नेता सुवास नेम्वाङको उम्मेदवारी परेको छ । पौडेललाई नयाँ आठ दलीय गठबन्धनको साथ छ । नेम्वाङलाई भने एमालेबाहेकका दलले खुलेर साथ दिएका छैनन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र नेमकिपाले राष्ट्रपतिमा कुन दलका उम्मेदवारलाई सघाउने भन्ने विषयमा निर्णय लिइसकेका छैनन् ।

    उम्मेदवारद्धय भने विभिन्न राजनीतिक दल र शीर्ष नेताहरूलाई भेटेर आफूलाई सघाउन आग्रह गर्दै आएका छन् ।


    मंगलवार, फाल्गुण १६ २०७९०६:५६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij