Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

आठ दलीय गठबन्धनले सातै प्रदेशका सांसदहरुको भेला गर्ने

आठ दलीय गठबन्धनले सातै प्रदेशका सांसदहरुको भेला गर्ने

  • सोमवार, फाल्गुण १५ २०७९

  • 320
    SHARES

  • आठ दलीय गठबन्धनले सातै प्रदेशका सांसदहरुको भेला गर्ने

    काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले सातै प्रदेशका सांसदहरुको भेला गर्ने भएको छ ।

    सातै प्रदेशका राजधानीमा फागुन १९ गते आठ दलका प्रदेश सांसदको भेला गर्ने निर्णय भएको नेपाल जनमत पार्टीका नेता अब्दुल खाँनले जानकारी दिनुभयो । आठ दलीय गठबन्धनको आज बसेको बैठकले १८ गते काठमाडौंमा उपलब्ध सांसदको भेला गर्ने निर्णय गरेको छ । खाँनका अनुसार गठबन्धनको बनाउनुको औचित्य सांसदहरुलाई पुष्टि गरिने छ।

    राष्ट्रपति निर्वाचनको अघिल्लो दिन (फागुन २४) संघ र प्रदेशका सबै सांसदहरुको बृहत् भेला गर्ने र भेलालाई आठ दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यदलको बैठकले निर्णय गरेको छ ।

     


    सोमवार, फाल्गुण १५ २०७९०३:२८:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij