Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

ओलीले चाहेर केहि हुँदैन , रामचन्द्र पौडेल राष्ट्रपति भैसक्नुभयो : प्रदिप पौडेल

ओलीले चाहेर केहि हुँदैन , रामचन्द्र पौडेल राष्ट्रपति भैसक्नुभयो : प्रदिप पौडेल

  • सोमवार, फाल्गुण १५ २०७९

  • 408
    SHARES

  • ओलीले चाहेर केहि हुँदैन , रामचन्द्र पौडेल राष्ट्रपति भैसक्नुभयो : प्रदिप पौडेल

    काठमाडौं। नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले केपी शर्मा ओलीले आठ दलीय गठबन्धन भत्काउन नसक्ने दाबी गर्नुभएको छ। नेपाली रेडियो नेटवर्ककोे कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गदै नेता पौडेलले राष्ट्रपति निर्वाचनको संघारमा बनेको आठ दलीय गठबन्धन भत्काउन ओलीको कुनै अस्त्रले काम गर्न नसक्ने बताउनुभएको हो ।

    उहाँले ८ दलीय गठबन्धनबाट राष्ट्रपतिमा उमेद्वारी दिनुभएका कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भैसकेको दावी गर्नुभयो। एमालेका उमेद्वार सुवाचन्द्र नेम्वाङ्ग भन्दा पौडेल झन्डै ६ हजार मतभारले अगाडि भएकोले पौडेल राष्ट्रपति भैसक्नुभएको उहाँको जिकिर छ ।

    नेता पौडेलले आठ दलीय गठबन्धनको पहिलो प्रयोग राष्ट्रपति निर्वाचनमा हुने र प्रदेश तथा संघीय सरकारमा फेरबदल आउने बताउनुभयो। उहाँले संसदमा कुनै दलको बहुमत नभएकोले गठबन्धनका सबै दलको सम्मान गर्नुपर्ने भएकोले प्रधानमन्त्री फेरबदल हुन सक्ने भन्दै व्यक्ति परिवर्तन भए पनि योजना र कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।


    सोमवार, फाल्गुण १५ २०७९१०:३५:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij