काठमाडौं। नेकपा एमालेका सचिव एवं सांसद रघुवीर महासेठले प्रधानमन्त्री प्रचण्डले दोहोरो चरित्र देखाउने गरेको आरोप लगाउनुभएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमापत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नेता महासेठले प्रचण्ड अस्थीर रहेको दोहोरो चरित्र देखाउने गरेको आरोप लगाउनुभएको हो ।
उहाँले प्रधानमन्त्री प्रचण्डले एमालेसँग गठबन्धन टुट्यो भन्न नसकेकोले सत्ता गठबन्धन अौपचारिक रूपमा नटुटेको बताउनुभयो। एमालेलाई सत्तामा टाँसिएर बस्ने चाहना नभएको भन्दै पार्टीभित्र छलफल गरिरहेको बताउनुभयो। नेता महासेठले बाह्य शक्तिको दबाबका कारण प्रचण्ड पुरानो गठबन्धनमा फर्कन बाध्य भएको आरोप पनि लगाउनुभयो।
उहाँले ‘प्रचण्ड सत्ताबाहिर बस्न सक्नुहुन्न। उहाँको त्यही कमजोरीका कारण बाह्य शक्ति हौंसियो र गठबन्धन भत्काउन लाग्नुभयो । राष्ट्रपति निर्वाचनपछि उहाँले थाहा पाउनुहुन्छ ।’ टिप्पणी गर्नुभयो।