Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

सकभर राष्ट्रपति निर्वाचनमा भाग लिदैनौं : राप्रपा महामन्त्री राणा

सकभर राष्ट्रपति निर्वाचनमा भाग लिदैनौं : राप्रपा महामन्त्री राणा

  • सोमवार, फाल्गुण १५ २०७९

  • 316
    SHARES

  • सकभर राष्ट्रपति निर्वाचनमा भाग लिदैनौं : राप्रपा महामन्त्री राणा

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सांसद धवलशमशेर राणाले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीले भोट हाल्न नहुने बताउनुभएको छ। नेपाली रेडियो नेटवर्क ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उहाँले राष्ट्रपतिको निर्वाचनमा भाग लिने वा नलिने बारेमा राप्रपाले अहिलेसम्म कुनै निर्णय नगरेको बताउनुभयो ।

    पार्टी कमिटीले भाग लिने निर्णय गरेको स्थितिमा नोट अफ डिसेन्ट लेखेर भोट हाल्ने उहाँले बताउनुभयो। राप्रपा एक महिनामै सरकारबाट किन बाहिरिनुभयो भन्ने प्रश्नमा महामन्त्री राणाले राप्रपाका नेताहरु अस्थिरता र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न नसकेको र अहिलेको यस्तो फोहोरी खेलमा राप्रपा सामेल हुन सक्दैन भनेर सरकारबाट पछि हटेर समर्थन फिर्ता लिएको बताउनुभयो ।

    उहाँले सरकारमा जाने निर्णय राजेन्द्र लिङ्देनको गल्ती नभएको दाबि गर्दै देशलाई केही माथि उठाउन सकिन्छ भनेर सरकारमा गएको र त्यो प्रयत्न असफल हुने देखेर सरकारबाट बाहिरिएको जिकिर गर्नुभयो ।


    सोमवार, फाल्गुण १५ २०७९०९:२७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij