Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

नयाँ समीकरणसँगै प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने चुनौति, छैन गठबन्धनको विश्वास(खासखबर)

नयाँ समीकरणसँगै प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने चुनौति, छैन गठबन्धनको विश्वास(खासखबर)

  • आइतवार, फाल्गुण १४ २०७९

  • 399
    SHARES

  • नयाँ समीकरणसँगै प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने चुनौति, छैन गठबन्धनको विश्वास(खासखबर)

    काठमाडौं।पुस १० गते स्थापित भएको सत्ता समीकरण दुई महिना नपुग्दै भत्किएपछि नयाँ समीकरण शुरु भएको छ । राष्ट्रपतिको विषयलाई लिएर नेकपा एमाले र माओवादी केन्द्रबीच मत बाझिएपछि राजनीतिक कोर्ष पुनः परिवर्तनको दिशामा अगाडि बढेको छ । अहिलेको नयाँ समीकरण अनुसार मुलुकले पाँच वर्षमा तीनजना प्रधानमन्त्री पाउनेछ । हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपछि नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने मोटामोटी सहमति भएको छ ।

    अन्तिममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । प्रधानमन्त्रीमा त परीक्षण भइसकेका अनुहार दोहोरिने छन्, तर यो देशले ती प्रधानमन्त्रीलाई कतिपटक परीक्षण गर्ने हो त्यो भन्न सकिने अवस्था छैन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल यो समीकरणले मुलुकको विकास गर्नै नसक्ने बताउनु हुन्छ । सत्ता स्वार्थले बनेको गठबन्धनले विकास र समृद्धि हुनै नसक्ने उहाँको आशय छ।

    राष्ट्रपतिको निर्वाचनका लागि आउँदो फागुन २५ गते चुनाव हुँदैछ । जसमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्बाङ उम्मेदवार बन्नुभएको छ । दुवै दलहरुले आआफ्नो उम्मेदवारले जित्ने दाबी गरिरहेका छन् । हाल प्रधानमन्त्री प्रचण्डले आठ दलीय सहमति अनुसार कांग्रेसलाई राष्ट्रपतिमा सघाउनुभएको छ, तर यसको स्पष्ट आधार अझै तय भइसकेको छैन ।

    नेकपा एमालेले राष्ट्रपतिको निर्वाचनसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताएको छ, यता राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिनुपर्ने अर्को चुनौति थपिएको छ । हालको अवस्थामा प्रचण्डले सहजै रुपमा विश्वासको मत पाउने राजनीतिक विश्लेषक देव प्रकाश त्रिपाठीको भनाइ छ ।

    मुलुक राजनीतिक परीक्षणको परेडस्थल बन्दा विकास र समृद्धि ओझेलमा पर्दै गएको छ । अर्थतन्त्र धरासायी बन्दै गएको छ, अर्थका सुचकांकहरु चलायमान भइसकेका छैनन् । विप्रेषणले मुलुकको राजश्वमा केही राहत भएतापनि एक खर्ब निर्यात, १८ खर्ब आयात भइरहेको छ । अझै राजनीतिमा सुधार आएन भने मुलुकको विद्यमान अवस्थामा समेत खखल पुग्ने कांग्रेस नेता मीन विश्वकर्माको भनाइ छ ।

    व्यवस्था परिवर्तन भएपनि नेताहरुका बानी व्यवहार र चालचलनमा बदलाव नआउँदा जनताको अवस्था जस्ताको तस्तै रहेको छ । अहिले बनेको समीकरणले आफ्नो औचित्य पुुष्टि गर्न नसके आफ्नै खुट्टामा बञ्चरो लाग्ने पक्का छ ।


    आइतवार, फाल्गुण १४ २०७९०८:३२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij