Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

परराष्ट्रमन्त्री पौड्याल जेनेभा जाँदै, उतैबाट दोहा पुग्ने

परराष्ट्रमन्त्री पौड्याल जेनेभा जाँदै, उतैबाट दोहा पुग्ने

  • आइतवार, फाल्गुण १४ २०७९

  • 236
    SHARES

  • परराष्ट्रमन्त्री पौड्याल जेनेभा जाँदै, उतैबाट दोहा पुग्ने

    काठमाडौं । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन परराष्ट्रमन्त्री विमला राई पौड्याल आइतबार स्वीट्जरल्याण्ड जाँदै हुनुहुन्छ ।

    जनेभा जानुअघि आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलेले मानवअधिकार परिषद्को बैठकमा आफूहरुको सहभागिता असाध्यै महत्वपूर्ण रहेको बताउनुभयो ।

    मन्त्री पौडेलका अनुसार भ्रमणका क्रममा राष्ट्रिय मानव अधिकार आयोगलाई क श्रेणीमै कायम राख्न पहल हुनेछ । मानव अधिकार संस्थाहरुको अन्तर्राष्ट्रिय सञ्जाल (गानरी)ले नेपालको मानव अधिकार आयोगलाई ख श्रेणीमा घटुवा गर्न सिफारिस गरेको थियो ।

    बैठकका क्रममा द्विपक्षीय भेटवार्ताहरु पनि गर्ने तय भएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताउनुभयो। उहाँका अनुसार मन्त्री पौडेल जेनेभाबाट दोहा आउनुहुनेछ । अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।

    सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड पनि शुक्रबार कतार जाने कार्यक्रम छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री २२ र परराष्ट्रमन्त्री २३ गते फर्किने कार्यक्रम छ ।


    आइतवार, फाल्गुण १४ २०७९०१:१४:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij