Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

हृदयघातका कारण जसपाकी सांसद रहमानको निधन

हृदयघातका कारण जसपाकी सांसद रहमानको निधन

  • शनिवार, फाल्गुण १३ २०७९

  • 528
    SHARES

  • हृदयघातका कारण जसपाकी सांसद रहमानको निधन

    काठमाडौं। जनता समाजवादी पार्टी जसपा नेपालबाट प्रतिनिधिसभा सदस्य रहेकी सहनाज रहमानको निधन भएको छ। झापाकी रहमानको हृदयघातका कारण भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

    भक्तपुरको घ्याम्पेडाँडामा हिजो वनभोजमा गएका बेला खाना खाएर कुर्सीमा बसिरहेको समयमा उहाँ एक्कासी ढलेकी थिइन्। उहाँ ६३ वर्षकी हुनुहुन्थ्यो। त्यसलगत्तै उहाँलाई अस्पतालमा भर्ना गरिएकोमा अस्पतालले आज मृत घोषणा गरेको बस्नेतले बताउनुभयो ।

    जसपा केन्द्रिय सदस्यसमेत रहेकी रहमान मुस्लिम समूदायबाट प्रतिनिधि सभामा समानुपातिक सांसद चयन हुनुभएको थियो । सभामुख देवराज घिमिरले अस्पताल पुगेर स्वर्गीय रहमानप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।


    शनिवार, फाल्गुण १३ २०७९०२:५२:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij