काठमाडौं।नेपाली कांग्रेसबाट राष्ट्रपति उम्मेदवार बनेका रामचन्द्र पौडेलले मनोनयन दर्ता गर्नुभएको छ। पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जसपाका नेता अशोक राई र जनमत पार्टीका नेता मोहम्मद अब्दुल खान रहनुभएको छ ।
त्यस्तै समर्थकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र नेकपा माओवादी केन्द्रका नेता हितराज पाण्डे छन्।