काठमाडौं। नेकपा एमालेको तर्फबाट राष्ट्रपति निर्वाचनका लागी सुवासचन्द्र नेम्बाङले उम्मेदवारी दर्ता गर्नुभएको छ। नेम्बाङको प्रस्तावकमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिव गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहनुभएको छ ।
समर्थकमा सचिवद्वय योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के हुनुहुन्छ।
एमाले पार्टी कार्यालय च्यासलमा आज बिहान बसेको सचिवालय बैठकले नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। फागुन २५ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ।
राष्ट्रपतिको उम्मेदवारमा पार्टीका उपाध्यक्ष नेम्वाङको मनोनयन दर्तापछि एमाले अध्यक्ष ओलीले नेम्वाङ्ग अत्यधिक मतका साथ विजयी हुने बताउनुभएको छ ।
ओलीले भन्नुभयो, 'हामीलाई विश्वास छ, हामी अत्यधिक मतका साथ विजयी हुन्छौँ।'ओलीले एमालेले विधि पूर्वक उम्मेदवार उठाएको बताउँदै उम्मेदवारी दर्ताको निस्सा पनि लिएको बताउनुभयो।
ओलीले भन्नुभयो, 'हामीले विधि पूर्वध उम्मेदवार उठाएका छौँ। उम्मेदवारीको निस्सा पनि लिइसकेका छौँ।' यो उम्मेदवारी दलीय स्वार्थ होइन्। संविधानको सही र सफल कार्यान्यनका लागि हो। प्रणालीको रक्षा र सही सफल कार्यान्वयनका लागि हो।
आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागी आज उमेदवारहरुको मनोनयन दर्ता गर्न लागीएको हो । नेम्वाङसँग प्रतिष्पर्धा गर्न नेपाली कांगेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मनोनयन दर्ता गर्दै हुनुहुन्छ ।