Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

यी हुन्, कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकका पाँच निर्णय

यी हुन्, कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकका पाँच निर्णय

  • शनिवार, फाल्गुण १३ २०७९

  • 399
    SHARES

  • यी हुन्, कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकका पाँच निर्णय

    काठमाडौं। नेपाली कांग्रेसको आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनाउनेसहितका पाँच निर्णय गरेको छ।

    पार्टी कार्यालय सानेपामा बिहान बसेको बैठकले संविधानको धारा ६२ बमोजिम फागुन २५ गते राष्ट्रपति पदका लागि हुने निर्वाचनमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । भने नेपालको संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि पौडेललाई विजयी गराउन बैठकले सबै राजनैतिक दल एवं प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सदस्यहरुलाई आह्वान पनि गरेको छ।

    यसैगरी बैठकले आगामी वैशाख १० गते चितवन २ मा हुने प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ। निर्वाचनमा पार्टीले खडा गर्ने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय बैठकले गरेको छ।

    भने उप–निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागी आवश्यक प्रक्रिया पुरा गर्न बैठकले केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने निर्णय पनि गरेको छ ।


    शनिवार, फाल्गुण १३ २०७९१२:५५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij