Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति निर्वाचन : आज उम्मेदवारी दर्ता गर्ने कार्यतालिका

राष्ट्रपति निर्वाचन : आज उम्मेदवारी दर्ता गर्ने कार्यतालिका

  • शनिवार, फाल्गुण १३ २०७९

  • 228
    SHARES

  • राष्ट्रपति निर्वाचन : आज उम्मेदवारी दर्ता गर्ने कार्यतालिका

    काठमाडौँ । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ । यसअघि निर्वाचन आयोगले हिजो मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको थियो । 

    निर्वाचन आयोगले बिहान १० बजे देखी  दिउँसो ३ बजे भित्र राष्ट्रपतिका लागि उम्मेदवार मनोनयन हुने कार्यतालिका सार्वजनिक गरिएको छ । जसअनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मनोनयन दर्ता स्थल तोकिएको छ ।

    आयोगको निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गरिने आयोगको तयारी छ । 

    राष्ट्रपति निर्वाचनको मतदाताको सङ्ख्या सङ्घीय संसद्को तीन सय ३२ र सातै प्रदेशका प्रदेशसभा सदस्यको पाँच सय ५० गरी कूल आठ सय ८२ कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । सङ्घीय संसद्को सदस्य हुन योग्य, ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानुनले अयोग्य नभएको व्यक्ति मात्र राष्ट्रपतिको उम्मेदवार बन्न सक्नेछन् । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।

     


    शनिवार, फाल्गुण १३ २०७९०७:००:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij