Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

बालुवाटारबाट बाहिरिएपछि ओली–नेपाल भेट, के आयो प्रस्ताव ?

बालुवाटारबाट बाहिरिएपछि ओली–नेपाल भेट, के आयो प्रस्ताव ?

  • शुक्रवार, फाल्गुण १२ २०७९

  • 393
    SHARES

  • बालुवाटारबाट बाहिरिएपछि ओली–नेपाल भेट, के आयो प्रस्ताव ?

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई भेट्नुभएको छ ।

    शुक्रबार अपराह्न बालुवाटारमा प्रचण्डसँग दुई घण्टा बढी छलफल गरेका ओली बालुवाटारबाट महाराजगन्ज पुगेर अध्यक्ष नेपालसँग भेटवार्ता गर्नुभएको हो ।

    ओलीसँग करिब आधा घण्टा छलफल गरेर अध्यक्ष नेपाल बालुवाटारमा जारी बैठकमा सहभागी हुनुभएको हो ।

    बालुवाटारमा अहिले नेपाली कांग्रेस, माओवादी, जसपा, समाजवादी, जनमतसहितका नेताहरू राष्ट्रपति र पावर सेयरिङबारे छलफल गरिरहेका छन् ।

    यसअघि केही दिन पहिला पनि ओली र नेपालबीच महाराजगन्जमै चार घण्टा भेटवार्ता भएको थियो ।


    शुक्रवार, फाल्गुण १२ २०७९०७:२५:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij