Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

ओली बाहिरिएपछि कांग्रेस नेताहरु बालुवाटारमा

ओली बाहिरिएपछि कांग्रेस नेताहरु बालुवाटारमा

  • शुक्रवार, फाल्गुण १२ २०७९

  • 476
    SHARES

  • ओली बाहिरिएपछि कांग्रेस नेताहरु बालुवाटारमा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवार्ता सकिएको छ ।

    संसद भवनबाट बाहिरिएर ओली, प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुग्नुभएको थियो । दुई नेताबीच झण्डै २ घण्टा कुराकानी भएको छ ।

    ओली बालुवाटारबाट बाहिरिए लगतै नेपाली कांग्रेसका नेताहरु पुगेका छन् । अहिले कांग्रेस, माओवादी, जनता समाजवादी (जसपा) र एकीकृत समाजवादीको बैठक बस्दैछ ।

    बिहान पनि राष्टपति र उपराष्ट्रपतिबारे छलफल गर्न चार दलको बैठक बसेको थियो । राष्ट्रपतिमा कांग्रेस र एकीकत समाजवादी तथा उपराष्ट्रपतिमा जसपाको दाबी छ ।

    अहिले बस्ने चार दलको बैठकले यो विषय टुंगो लगाउने नेताहरुले बताएका छन् ।


    शुक्रवार, फाल्गुण १२ २०७९०५:४०:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij