Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

प्रचण्डसँगको वार्तापछि निराश हुँदै बाहिरिए ओली

प्रचण्डसँगको वार्तापछि निराश हुँदै बाहिरिए ओली

  • शुक्रवार, फाल्गुण १२ २०७९

  • 560
    SHARES

  • प्रचण्डसँगको वार्तापछि निराश हुँदै बाहिरिए ओली

    काठमाडौं। प्रधानमन्त्री प्रचण्डसँगको बर्ताबाट एमाले अध्यक्ष केपी शर्मा ओली बाहिरिनुभएको छ। बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग करिब २ घण्टा वार्ता गरेर अध्यक्ष ओली बालुवाटारबाट निस्किनुभएको हो।

    राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल गर्न प्रचण्डलाई भेट्न ओली बालुवाटार जानुभएको थियो। प्रधानमन्त्री प्रचण्ड र ओलीबीच करिव २ घण्टा छलफल भएपनि राष्ट्रपतिका विषयमा कस्तो समझदारी भयो भन्ने विषय भने बाहिर आएको छैन ।भेटवार्तामा पुस १० को सहमतिअनुसार अगाडी बढ्नुपर्ने अडान राखेपनि प्रचण्डले अस्विकार गरेको दुझिएको छ।

    ओली बालुवाटारबाट निस्किएलगत्तै पुराना गठबन्धन शीर्ष नेताहरु छलफल गर्ने भएका छन् । राष्ट्रपतिका साझा उम्मेदवार तय गर्न पुराना गठबन्धनका नेताहरु बसेर निष्कर्षमा पुग्ने तयारी छ ।


    शुक्रवार, फाल्गुण १२ २०७९०५:१६:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij