Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिमा माधव नेपाल उम्मेदवार भए एमालेले उम्मेदवार नै नउठाउने

राष्ट्रपतिमा माधव नेपाल उम्मेदवार भए एमालेले उम्मेदवार नै नउठाउने

  • शुक्रवार, फाल्गुण १२ २०७९

  • 510
    SHARES

  • राष्ट्रपतिमा माधव नेपाल उम्मेदवार भए एमालेले उम्मेदवार नै नउठाउने

    काठमाडौं। नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राष्ट्रपतिको उम्मेदवार भए एमालेले छुट्टै उम्मेदवार नउठाउने बताउनुभएको छ । उहाँले नेपाल राष्ट्रपतिको उम्मेदवार भए एमालेले समर्थन गरेर जाने तयारी गरेको बताउनुभयो ।

    ‘राष्ट्रपतिको विषयमा कुनै पिक्चर स्पष्ट भएको छैन । को राष्ट्रपति हुन्छ भन्नेमा कुनै टुंगो छैन’गुरुङले भन्नुभयो, ‘यदि माधव नेपाल नै पुरानो गठबन्धनबाट उम्मेदवार भएमा हामीलाई नैतिक संकट पर्छ । उहाँलाई मत हालेर जान्छौं । पार्टीको कोही उम्मेदवार हुने छैन ।’

    तर, एमालेले राष्ट्रपतिका विषयमा भोली बिहान ९ बजे बस्ने सचिवालय बैठकले आधिकारिक निर्णय गर्ने गुरुङले बताउनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओली नेपाललाई राष्ट्रपति बनाएर एकीकृत समाजवादीलाई आफ्नो पार्टीमा मिसाउने रणनीतिमा लाग्नुभएको छ । उहाँले नेपाललाई पुरानै गठबन्धनको उम्मेदवारको रुपमा ब्याख्या गरेर राष्ट्रपतिमा सहयोग गर्ने तयारी गर्नुभएको हो ।


    शुक्रवार, फाल्गुण १२ २०७९०४:४८:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij