Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

पुरानो गठबन्धन ब्युँतिएपछि यस्तो हुनेछ नयाँ समिकरण

पुरानो गठबन्धन ब्युँतिएपछि यस्तो हुनेछ नयाँ समिकरण

पावर सेयरिङमा राष्ट्रपति कांग्रेस, उपराष्ट्रपति जसपा, प्रधानमन्त्री माओवादी तथा समाजवादीलाई
  • शुक्रवार, फाल्गुण १२ २०७९

  • 615
    SHARES

  • पुरानो गठबन्धन ब्युँतिएपछि यस्तो हुनेछ नयाँ समिकरण

    काठमाडौं। राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न बसेको पुरानो गठबन्धनमा सम्बद्ध चार दलको बैठकमा सम्भावित सत्ता समीकरण र पावर सेयरिङका बारेमा छलफल भएको छ। आज बिहान प्रधानमन्त्री निवासमा बसेको बैठकमा नेपाली कांग्रेसका नेताहरुले पावर सेयरिङ बारेमा सामान्य खाका पेस गरेका थिए ।

    जसमा राष्ट्रपति कांग्रेसले लिने, प्रधानमन्त्रीमा माओवादी र समाजवादीलाई बाँढ्ने उल्लेख छ। बैठकमा प्रधानमन्त्री पद चार वर्ष माओवादीलाई र एक वर्ष एकीकृत समाजवादीलाई दिन सकिनेबारे छलफल भएको छ। तर कांग्रेसका कतिपय नेताहरुले पाँचै वर्ष राष्ट्रपति लिए पनि प्रधानमन्त्रीमा समेत पावर सेयरिङ हुनुपर्ने अडान लिएका छन्।

    यस्तै उपराष्ट्रपति जसपाले लिने लगभग सहमति भएको जसपा नेता राजेन्द्र श्रेष्ठको दाबी छ। यस सझदारीलाई मुर्त रुप दिन बेलुका ५ बजे शीर्ष नेताहरुबीच छलफल गरेर निर्णय गरिने भएको छ। ५ बजेअघि चार दलबीच भएको छलफलका विषयमा आ–आफ्ना दलभित्र छलफल गरेर मात्रै बेलुका सहमतिलाई मूर्त रुप दिने नेताहरुको तयारी छ ।

    बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी हुनुहुन्थ्यो भने माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल, नेता घनश्याम भुसाल र जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।


    शुक्रवार, फाल्गुण १२ २०७९०३:४१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij