काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच पुरानो गठबन्धन ब्युँताउने सहमति भएको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकबीच पुरानो गठबन्धन ब्युँताउने सहमति भएको हो ।
बैठकमा सहभागी जसापका नेता राजेन्द्र श्रेष्ठका अनुसार पुरानो गठबन्धन ब्युताउने सहमति भयो । राष्ट्रपति साँझ टुंग्याइने छ । बुधबार साँझ कांग्रेस र माओवादी केन्द्रबीच पुरानो गठबन्धन ब्युँताउने सहमति भएको थियो । कांग्रेस र माओवादीबीच माधव नेपाल र उपेन्द्र यादवलाई सँगै ल्याएर पुरानो गठबन्धनलाई अगाडि बढाउने सहमति भएको थियो । जनमत र नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई नयाँ गठबन्धनमा समाहित गराउने चार दलबीच सहमति भएको छ ।
चुनावको केही समय अघिसम्म कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा सम्मिलित पाँच दलीय मोर्चा कायम थियो। कांग्रेस र माओवादीबीच एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई पावर सेयरिङमा कसरी मिलाएर जाने भन्नेबारे पनि छलफल भएको थियो। आगामी पाँच वर्षभित्र नेपाललाई प्रधानमन्त्री बनाउने गरी सहमतिको खाका तयार पारिने ती नेताको भनाइ छ ।