Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

पुरानो गठबन्धन बैठक सकियो, बेलुकासम्म टुङ्गगो लाग्ने छ समिकरण

पुरानो गठबन्धन बैठक सकियो, बेलुकासम्म टुङ्गगो लाग्ने छ समिकरण

  • शुक्रवार, फाल्गुण १२ २०७९

  • 587
    SHARES

  • पुरानो गठबन्धन बैठक सकियो, बेलुकासम्म टुङ्गगो लाग्ने छ समिकरण

    काठमाडौ। राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न बसेको पुरानो गठबन्धनमा सम्बद्ध चार दलको बैठक सकिएको छ । बिहान साढे ८ बजेबाट प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा सुरु भएको बैठक साँझ ५ बजे पुनःह बस्ने गरी मध्यान्ह साढे १२ बजे सकिएको हो ।

    बैठक सकारात्मक रहेको र बेलुका बस्ने बैठकले राष्ट्रपतिको उम्मेदवार टुङ्गो लगाउने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जानकारी दिनुभयो । छलफलमा विभिन्न कोणबाट राष्ट्रपतिको उम्मेदवारबारे छलफल भएपनि पार्टी भित्र केही आन्तरीक छलफल गर्नुपर्ने भएपछि बेलुका पुनह बैठक बस्ने निर्णय भएको महामन्त्री थापाले बताउनुभयो ।

    बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी हुनुहुन्थ्यो भने माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल, नेता घनश्याम भुसाल र जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।


    शुक्रवार, फाल्गुण १२ २०७९१२:५५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij