Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज निर्णायक वार्ता हुने

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज निर्णायक वार्ता हुने

  • शुक्रवार, फाल्गुण १२ २०७९

  • 263
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज निर्णायक वार्ता हुने

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज राष्ट्रपतिको विषयमा निर्णायक वार्ता हुने भएको छ । राष्ट्रपतिको विषयमा दलहरुबीच सहमति नजुटेको सन्दर्भमा प्रचण्डले आज ओलीसँग निर्णायक वार्ता गर्ने जनाइएको छ ।

    हिजो साँझ सिंहदरबारमा बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबीचको बैठकबाट बाहिरिने क्रममा उहाँले राष्ट्रपतिको विषयमा सबैसँग छलफल चलिरहेको भन्दै सहमति भने नजुटेको बताउनुभयो ।

    प्रचण्डले त्यसअघि आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि वार्ता गर्दै हुनुहुन्छ । हिजो सिंहदरबारको बैठकले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सार्ने तयारी गरेकोले यस विषयमा कांग्रेससँग पनि छलफल गर्न लागिएको हो ।


    शुक्रवार, फाल्गुण १२ २०७९०६:५६:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij