काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज अपराह्न साढे ४ बजे बस्ने भएको छ । राष्ट्रपतिमा दलहरूबीच संवादका श्रृंखला चलिरहेका बेला मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।
बैठक नियमित कार्यक्रमअन्तर्गत बस्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । बैठक सिंहदरबारमा बस्ने जानकारी शर्माले दिनुभयो ।
राष्ट्रपति चुनावको विषयलाई लिएर सत्तारुढ एमाले र माओवादीबीच खटपटको अवस्था आउने देखिएको छ ।