काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेलाई धोका नदिने दावी गर्नुभएको छ।
आज ओली निवास बालकोटमा आयोजित कार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रचण्डले एमालेसँग पुस १० गते नै सम्झौता गरिसकेको भन्दै अरुलाई राष्ट्रपतिमा माओवादीले काँग्रेसलाई समर्थन नगर्ने दावी गर्नुभएको हो।
राष्ट्रपतिमा कांग्रेसलाई प्रचण्डले समर्थन गरेमा गठबन्धन के हुन्छ ? भन्ने प्रश्नको जवाफमा ओलीले पुस १० को सम्झौता कायम रहने जिकिर गर्नुभयो ।अध्यक्ष ओलीले एमालेको उमेद्वारलाई राष्ट्रपति बनाउनुपर्ने अडान लिइरहनुभएको छ।
तर,प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिअनुसार नै राष्ट्रपति बनाउनुपर्नेमा जोड दिँदै आउनुभएको छ। यसबारेमा प्रधानमन्त्री प्रचण्डले विभिन्न दलका शीर्ष नेताहरूसँग छलफल जारी राख्नुभएको छ । यसकै कारणले वर्तमान सत्ता गठबन्धन धरापमा परेकोे छ ।