Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड-माधव भेट सकियो , यी विषयमा भयो कुराकानी

प्रचण्ड-माधव भेट सकियो , यी विषयमा भयो कुराकानी

  • बिहिवार, फाल्गुण ११ २०७९

  • 342
    SHARES

  • प्रचण्ड-माधव भेट सकियो , यी विषयमा भयो कुराकानी

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भएको भेटवार्ता सकिएको छ। माओवादी संसदीय दलको कार्यालयमा करिब आधा घण्टा कुराकानी भएको थियो ।

    भेटपछि माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको उम्मेदवारको टुंगो लागिनसकेको बताउनुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विभिन्न विकल्पमा छलफल भइरहेको तर निश्कर्षमा नपुगेको जानकारी दिनुभयो ।

    ‘हामीले विभिन्न विकल्पमा छलफल गरिरहेका छौँ । हामीसँग विभिन्न विकल्प छन् । त्यो मध्य देशलाई हित हुने विकल्प रोज्छौं’ उहाँले भन्नुभयो।भेटघाटमा माओवादीबाट अध्यक्ष्ँ प्रचण्ड र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल र घनश्याम भूसाललगाएत नेताहरु सहभागी हुनुहुन्थ्यो।


    बिहिवार, फाल्गुण ११ २०७९०२:२२:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij