Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

  • बिहिवार, फाल्गुण ११ २०७९

  • 372
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच  भेटवार्ता

    काठमाडौं। राष्ट्रपति निर्वाचन नजिकिएसँगै दलहरूका शीर्ष नेताहरुबीच भेटवार्ता बाक्लिएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

    दुवैबीच राष्ट्रपति निर्वाचन तथा सरकारमा सहभागिता लगायतका विषयमा छलफल भएको बताइएको छ । माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको छलफलमा नेता घनश्याम भुसाल समेत सहभागी रहेको बताइएको छ ।

    आजै बिहान नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको थियो । प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले अध्यक्ष नेपाललाई एक वर्ष भए पनि सरकारको नेतृत्व दिने गरी मनाउन खोजिरहनु भएको छ ।


    बिहिवार, फाल्गुण ११ २०७९०१:१८:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij