Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

जनयुद्ध दिवस हिंसा दिवस हो, सार्वजनिक बिदा दिनु दुःखद :केपी ओली

जनयुद्ध दिवस हिंसा दिवस हो, सार्वजनिक बिदा दिनु दुःखद :केपी ओली

  • बिहिवार, फाल्गुण ११ २०७९

  • 366
    SHARES

  • जनयुद्ध दिवस हिंसा दिवस हो, सार्वजनिक बिदा दिनु दुःखद :केपी ओली

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले हिंसा दिवस (जनयुद्ध दिवस) लाई राष्ट्रिय दिवस मनाएको भन्दै आपत्ती जनाउनुभएको छ ।

    आज आफ्नै जन्मदिनको अवसरमा बालकोटस्थित निजी निवासमा आयोजित ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले जनयुद्ध दिवसमा देशभर सार्वजनिक बिदा दिएर दुःखद निर्णय गरेको बताउनुभएको हो ।

    हिंसा दिवसमा सार्वजनिक बिदा दिनु गलत प्रवत्ति भन्दै हिंसा टुंगिए पछिपनि केही व्यक्तिमा हिंसाको धङधङी देखिनु दुःखद पक्ष भएको टिप्पणी गर्नुभयो ।नेपाल हिंसाको पक्षमा नरहेको भन्दै उहाँले आन्तरिक द्वन्द्व र आन्तरिक कलह नेपाली जनतालाई स्वीकार्य नहुने बताउनुभयो ।

    सरकारले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिएको थियो। सो बिदा आगामी दिनमा पनि मनाउने गरी सरकारी क्यालेन्डरमा समेट्ने निर्णय भइसकेको छ।


    बिहिवार, फाल्गुण ११ २०७९१२:३८:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij