Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

फागुन मसान्तसम्म संगठनको अभिलेख पठाउन मातहत समितिलाई जसपाको पत्र

फागुन मसान्तसम्म संगठनको अभिलेख पठाउन मातहत समितिलाई जसपाको पत्र

  • बुधवार, फाल्गुण १० २०७९

  • 274
    SHARES

  • फागुन मसान्तसम्म संगठनको अभिलेख पठाउन मातहत समितिलाई जसपाको पत्र
    काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले संगठनको अभिलेख संकलन गर्न मातहत समितिलाई पत्र पठाएको छ । सोमबार सम्पन्न बैठकको निर्णय अनुसार पार्टीका संगठन विभाग प्रमुख रामसहायप्रसाद यादवले पार्टी मातहतका समिति र संगठनलाई अभिलेखको माग गर्दै बुधबार(आज) पत्र पठाउनुभएको हो ।
     
    ‘पार्टीमा आबद्ध सम्पूर्ण पार्टी सदस्यहरूको अभिलेख पार्टीको अन्तरिम विधानको अनुसूची ६ को ढाँचामा तँहा मातहत रहेका प्रमाणित अभिलेख मिति २०७९ फागुन मसान्तभित्र केन्द्रीय संगठन विभागमा पठाइदिन हुन सबै प्रदेश समिति, राष्ट्रिय समिति र जनवर्गीय समितिहरूलाई अनुरोध गर्दछु, संगठन विभाग प्रमुख यादवद्वारा जारी पत्रमा भनिएको छ । 
     
    अभिलेखका आधारमा पार्टीले चैत्र मसान्तमा हुने विधान अधिवेशनको लागि प्रतिनिधिको संख्या र मापदण्ड तय गर्ने छ । 


    बुधवार, फाल्गुण १० २०७९०२:२३:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij