Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड भेट्न ओली बालुवाटारमा

प्रधानमन्त्री प्रचण्ड भेट्न ओली बालुवाटारमा

  • बुधवार, फाल्गुण १० २०७९

  • 252
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड भेट्न ओली बालुवाटारमा

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे छलफल भएको छ ।

    पछिल्लो समय राष्ट्रपतिको उम्मेदवारको विषयमा नेकपा एमाले र माओवादी केन्द्रबीच एकमत नहुँदा सत्ता साझेदारी नै संकटमा परेको छ।एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने माग राखे पनि माओवादी केन्द्र सहमत देखिएको छैन।

    माओवादी नेताहरुले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै गर्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत सहमती जनाउने लक्षण देखाएको छ।राष्ट्रपतिमा कांग्रेसले पनि दाबी गरिसकेको छ ।

    यता लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको रुपमा प्रस्ताव गरेको छ। ठाकुरको नाममा राष्ट्रिय सहमति जुटाउन आग्रह गर्दै लोसपाका नेताहरुले हिजो ओली र प्रधानमन्त्री प्रचण्डसँग र आज कांग्रेस सभापति देउवासँग छलफल गरेका छन् ।

    निर्वाचनको मिति नजिकिंदै गएकाले दलहरु राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने प्रयासमा छन् ।निर्वाचन आयोगले आज मतदाता नामावली सार्वजनिक गर्दैछ ।


    बुधवार, फाल्गुण १० २०७९११:२७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij