Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिबारे छलफल गर्न नेकपा एसको सचिवालय बैठक बस्दै

राष्ट्रपतिबारे छलफल गर्न नेकपा एसको सचिवालय बैठक बस्दै

  • बुधवार, फाल्गुण १० २०७९

  • 232
    SHARES

  • राष्ट्रपतिबारे छलफल गर्न नेकपा एसको सचिवालय बैठक बस्दै

    काठमाडौं। नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने महासचिव डा।बेदुराम भुसालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार, पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेसम्म गरेका भेटवार्ता र विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्ने कार्यसूची छ। राष्ट्रपतिको निर्वाचनबारे निर्णय गरेर अगाडि बढ्ने पनि भुसालले बताउनुभयो ।

    अध्यक्ष नेपाललाई नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको छ। एमालेको प्रस्तावलाई चासोका साथ हेरिएको छ। यस विषयमा पनि आजको बैठकले छलफल गर्न सक्ने आँकलन छ ।


    बुधवार, फाल्गुण १० २०७९११:०२:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij