Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली सार्वजनिक गरिदैं

राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली सार्वजनिक गरिदैं

  • बुधवार, फाल्गुण १० २०७९

  • 247
    SHARES

  • राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली सार्वजनिक गरिदैं

    काठमाडौं। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्ने भएको छ।आयोगले यसअघि नै जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्ने भएको हो ।

    राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद् अन्तरगतका प्रतिनिधिसभा र राष्ट्रियसभा र प्रदेशसभाका सांसद मतदाता हुन्छन्।जसअनुसार सातै प्रदेशका प्रदेशसभा सचिवालयले मतदाताहरूको सूची पठाइसकेका छन् ।

    आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि मतदान अधिकृतको रूपमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई तोकिएको छ ।

    नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा राष्ट्रपति निर्वाचनका लागि हुने मतदानका लागि सोही स्थानमा दुईटा मतदान केन्द्र हुनेछन्। १३ फागुनमा उम्मेदवारी दर्ता गर्न राजनीतिक दललाई आयोगले जानकारी गराइसकेको छ ।


    बुधवार, फाल्गुण १० २०७९१०:२४:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij