काठमाडौं। नेपाली कांग्रेसका नेता तथा केन्द्रिय सदस्य सञ्जय गौतमले राष्ट्रपतिमा कांग्रेसकै उमेद्वार राष्ट्रपति बन्ने बताउनुभएको छ। कांग्रेस सबैभन्दा ठुलो पार्टी भएको र सबै प्रक्रियासमेत अगाडी बढिसकेकोले कांग्रेसले उठाएको उमेद्वारमै सबै दलहरुको सहमती हुने गौतमले जिकिर गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै गौतमले पार्टीभित्र उमेद्वारको विषयमा पनि समझदारी समेत बनिससकेको बताउनु भयो । नेता गौतमले अहिलेको आवश्यकता कोर्ष करेक्सन गरेर मुलुकलाई नयाँ दिशामा लैजानु रहेकोले काँग्रेस यसतर्फ प्रतिबद्ध रहेको बताउनुभयो ।
पुरानो गठबन्धन व्युतिने बताउदै उहाँले काँग्रेसले राष्ट्रपतिमा उठाउने उमेद्वारलाई माओवादीले समर्थन गर्ने कुरामा पनि कुनै दुइमत नरहेको जिकिर गर्नुभयो । बिगतमा कांग्रेसले केहि कमजोरी गर्दा प्रचण्ड प्रधानमन्त्री बनेपनि पुनः ह पुरानै गठबन्धन व्यँतिने र पुरानै समझदारी अनुसार अगाडी बढ्ने परिस्थीति सृजना भैसकेको बताउनुभयो ।
अहिले कांग्रेस, माओवादी, माधव नेपाल लगायत जति हल्ला बाहिर आएपनि कांग्रेसले उठाउने उमेद्वारमै सहमति जुट्ने नेता गौतमको जिकिर छ । यसका लागी आन्तरिक समझदारी जुटिसकेको उहाँले बताउनुभयो ।