Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड फागुन २० गते कतार जाने

प्रधानमन्त्री प्रचण्ड फागुन २० गते कतार जाने

  • बुधवार, फाल्गुण १० २०७९

  • 314
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड फागुन २० गते कतार जाने

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कतारको राजधानी दोहाबाट आफ्नो पहिलो विदेश भ्रमण तय गर्नुभएको छ। आगामी फागुन २० गते दोहा जाने तयारी गर्नुभएको हो ।

    प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार दोहामा हुने विकाससम्बन्धी सम्मेलनमा सहभागी हुने कार्यक्रम तय भएको छ।

    गजुरेलले भन्नुभयो, ‘दोहामा हुने विकाससम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड बतार जान थाल्नुभएको हो, उहाँ फागुनको २२ गते स्वदेश फर्किनुहुन्छ’ ।

    सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुखहरूको सहभागिता रहनेछ ।गत पुस १० गते तेस्रो पटक मुलुकको प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री प्रचण्डको यो पहिलो विदेश भ्रमण हुनेछ ।

    यसअघिसम्म प्रधानमन्त्रीमा नियुक्त भएपछि छिमेकी मुलुक भारतको भ्रमण गर्ने नेपाली राजनीतिमा परम्पराझैं भएको थियो । प्रधानमन्त्री प्रचण्ड फागुन २२ गते स्वदेश फर्किने कार्यक्रम छ ।


    बुधवार, फाल्गुण १० २०७९०६:५७:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij