Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

माओवादीले माधव नेपाललाई राष्ट्रपतिमा अघि सारेको छैन : डिलाराम आचार्य

माओवादीले माधव नेपाललाई राष्ट्रपतिमा अघि सारेको छैन : डिलाराम आचार्य

  • मंगलवार, फाल्गुण ९ २०७९

  • 314
    SHARES

  • माओवादीले माधव नेपाललाई राष्ट्रपतिमा अघि सारेको छैन : डिलाराम आचार्य

    काठमाडौं। नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले आफ्नो पार्टीले माधव नेपाललाई राष्ट्रपतिमा अघि नसारेको बताउनुभएको छ। रेडियो नेटवर्कको ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै आचार्यले यस्तो बताउनुभएको हो ।

    उहाँले माओवादीले सुरुदेखि नै राष्ट्रपतिका निम्ति राष्ट्रिय सहमतिमा जाने भन्दै आएको र हिजो बसेको पदाधिकारी बैठकमा पनि त्यही नीतिगत निर्णय गरेका बताउनुभयो। उहाँले संविधानको कार्यान्वयन र शान्तिप्रक्रियालाई टुंगोमा पुर्याउने व्यक्तिको खोजी गर्ने निर्णय भएको बताउनुभयो।

    राष्ट्रपतिका लागी अन्य धेरै नामहरु जस्तै माधव नेपाल एक सम्भावित नाम भएपनि निर्णय भइनसकेको जिकिर गर्नुभयो। एमालेबाट प्रस्ताव आएपनि केपी ओलीले निश्चित सर्त नमानी माधव नेपाललाई राष्ट्रपति नदिने ठोकुवा गर्नुभयो।

    उहाँले आफ्नो पार्टी कुनै नाम घोषणा गरेर सहमति खोज्ने भन्दा पनि सबैको समझदारीमा सामूहिक निष्कर्षमा पुग्ने पक्षमा रहेको पनि प्रष्ट पार्नुभयो।


    मंगलवार, फाल्गुण ९ २०७९१०:१३:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij