Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिमा हाम्रो पनि उमेद्वारी रहन सक्छ : जगन्नाथ खतिवडा

राष्ट्रपतिमा हाम्रो पनि उमेद्वारी रहन सक्छ : जगन्नाथ खतिवडा

  • मंगलवार, फाल्गुण ९ २०७९

  • 413
    SHARES

  • राष्ट्रपतिमा हाम्रो पनि उमेद्वारी रहन सक्छ : जगन्नाथ खतिवडा

    काठमाडौं। नेकपा एकिकृत समाजवादी पार्टीले पनि आगामी राष्ट्रपतिमा उमेद्वारी दिने भएको छ । फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमती जुटाउँदै गर्दा एकिकृत समाजवादीबाट पनि दावी रहने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै प्रवक्ता खतिवडाले यस्तो बताउनुभएको हो । यद्यपी अहिलेसम्म पार्टीभित्र र बाहिर औपिचारिक रुपमा यसबारे कुनै छलफल नचलेको बताउनुभयो ।

    फरक प्रशङ्गमा उहाँले एमालेसँगको सहकार्य र प्रस्तावमा पार्टि अध्यक्ष माधव नेपाल राष्ट्रपति बन्ने भन्ने कुरामा सत्यता नभएको पनि जिकिर गर्नुभयो । एमालेबाट विद्रोह गरेर बनेको एकिकृत समाजवादी कुनै एक पदको लागी नभएको स्पष्ट पार्नुभयो।

    एमाले अध्यक्ष ओली र माधव नेपालबिच भेटवार्ता भएको र भेटवार्तामा नेपाललाई राष्ट्रपति बन्ने प्रस्ताव गर्नुभएको हो ? भन्ने पत्रकार धमलाको प्रश्नमा प्रवक्ता खतिवडाले यसमा कुनै सत्यता नभएको र एमालेसँग तत्काल पार्टी एकता गर्न समेत नसकिने जिकिर गर्नुभयो ।

    यस्तै उहाँले पुरानो पाँच दलिय गठबन्धन भत्किएर नयाँ समिकरण बनिसकेकोले राष्ट्रपति निर्वाचनमा पनि आँफुहरु सहित प्रतिपक्षी दलहरुको फरक समिकरण बन्न सक्ने सम्भावना पनि रहेको बताउनुभयो ।

     


    मंगलवार, फाल्गुण ९ २०७९०७:४९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij