Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

अब संसद ऐन,कानुन बनाउनेतर्फ केन्द्रित हुनुपर्छ : सभामुख घिमिरे

अब संसद ऐन,कानुन बनाउनेतर्फ केन्द्रित हुनुपर्छ : सभामुख घिमिरे

  • सोमवार, फाल्गुण ८ २०७९

  • 324
    SHARES

  • अब संसद ऐन,कानुन बनाउनेतर्फ केन्द्रित हुनुपर्छ : सभामुख घिमिरे

    काठमाडौं। सभामुख देवराज घिमिरेले अब संसदको ध्यान प्रभावकारी ऐन कानुन निर्माण गर्नेतर्फ केन्द्रीत हुनुपर्ने बताउनुभएको छ। राष्ट्रिय समावेशी आयोग दिवसका अवसरमा आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसदको पहिलो कार्यकालको अनुभवलाई आत्मसात गर्दै अब प्रभावकारी ऐन कानुन निर्माण गर्नेतर्फ संसदको ध्यान दिनुपर्ने बताउनुभएको हो ।

    संसदको भूमिकालाई प्रभावकारी पार्नका लागि सांसदहरुको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ।सभामुख घिमिरेले सरकारलाई गतिशिल बनाउनका लागि प्रतिपक्षीको भूमिका महत्वपूर्ण हुने र बहुमत हुँदैमा सरकारलाई पनि संसदप्रति उत्तरदायी नहुने छुट नरहेको धारणा राख्नुभयो ।

    उहाँले आयोगले सिमित स्रोत साधनका बाबजुत धेरै काम गर्न खोजेको र त्यसको लेखाजोखा संसदीय समिति मात्रै नभइ फुल हाउसमा छलफल हुनुपर्ने धारणा राख्नुभयो । विभिन्न संवैधानिक आयोगका प्रतिवेदन दर्ता गर्ने र राख्ने काम मात्रै भएकाले आयोगका कामहरूप्रति सरकार जवाफदेही हुने परिपाटी सिर्जना गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो।


    सोमवार, फाल्गुण ८ २०७९०५:३५:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij