Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु, यी विषयमा हुँदैछ छलफल

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु, यी विषयमा हुँदैछ छलफल

  • सोमवार, फाल्गुण ८ २०७९

  • 288
    SHARES

  • माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु, यी विषयमा  हुँदैछ छलफल

    काठमाडौं। नेकपा मा‌ओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा केहि समय अगाडि देखि सुरु भएको हो। जारी बैठकमा राष्ट्रपति निर्वाचन, पार्टीको सांगठनिक गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल हुदैछ।

    माओवादी केन्द्र आफूले उम्मेदवारी नदिने भएपनि राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रयास गरेको छ। तर राष्ट्रिय सहमतिको कुरा गर्दा गर्दै माओवादी नै सत्ताबाट बाहिरने जोखिम पनि बढेको छ।

    हिजो नेपाली कांग्रेसका नेतासँगको छलफलमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको पदाधिकारी बैठकले राष्ट्रपतिबारे औपचारिक निर्णय गर्ने बताउनुभएको थियो।

    त्यस्तै बैठक सुरु हुनुअघि आजै सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले संविधानमा दलको व्यक्तिलाई राष्ट्रपति बनाउने कल्पना नै नगरिएको बताउनुभएको छ ।


    सोमवार, फाल्गुण ८ २०७९०५:२४:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij