Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिबारे छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने

राष्ट्रपतिबारे छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने

  • सोमवार, फाल्गुण ८ २०७९

  • 304
    SHARES

  • राष्ट्रपतिबारे छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारीको बैठक आज बस्दै छ। राष्ट्रपति निर्वाचनको एजेण्डामा छलफल गर्न दिउँसो ४ बजेका लागी बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ ।

    राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने मिति नजिकिंदै गर्दा एमालेसँगको सहमति अनुसार अघि बढ्ने कि राष्ट्रपतिमा विपक्षी दल नेपाली कांग्रेसलाई सघाउने भन्ने दोधारमा परेको माओवादीले यसबारेमा छलफल गर्न बैठक बोलाएको हो ।

    एमालेलाई कुनै पनि हालतमा राष्ट्रपति नदिन कस्सिएका कांग्रेस र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहालमाथि निरन्तर दवाव बढाइरहेका छन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेस शीर्ष नेताहरुको टोलीले हिजो साँझ बालुवाटार नै पुगेर प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपतिमा सघाउन औपचारिक रूपमा नै प्रस्ताव गरेको छ। कांग्रेस नेताहरुले ५ वर्ष नै प्रधानमन्त्री चलाउन दिनेगरी सम्झौता गर्ने लोभ प्रधानमन्त्रीलाई देखाएको छ।

    प्रधानमन्त्री प्रचण्डले सकेसम्म राष्ट्रिय सहमतिको पक्षमा आफू रहेको भन्दै पार्टीमा छलफल गरेर निर्णय लिने जवाफ दिएको स्रोतले जनाएको छ। तर माओवादीभित्र पनि एउटा पक्ष भने एमालेसँगको सहमति अनुसार नै जानुपर्ने अडानमा रहेको छ ।


    सोमवार, फाल्गुण ८ २०७९०१:३६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij