Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

बेलायती विदेश राज्यमन्त्री ट्रेभेलियन नेपाल आउँदै

बेलायती विदेश राज्यमन्त्री ट्रेभेलियन नेपाल आउँदै

  • सोमवार, फाल्गुण ८ २०७९

  • 282
    SHARES

  • बेलायती विदेश राज्यमन्त्री ट्रेभेलियन नेपाल आउँदै
    काठमाडौं । बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियनले नेपालको भ्रमणमा आउनुहुने भएको छ । बेलायत सरकारको तर्फबाट एसिया–प्रशान्त क्षेत्र हेर्ने ट्रेभेलियन तीन दिने भ्रमणका लागि फागुन २४ गते काठमाडौं आउनुहुने भएको हो 
     
    उहाँले फागुन २४ देखि २६ सम्म नेपालको भ्रमण गर्न लाग्नुभएको हो । कूटनीतिक स्रोतका अनुसार उहाँले भ्रमणका दौरान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
     
    नेपाल–बेलायत सन्धि–१९२३ एक सय वर्ष पुगेको उपलक्ष्यमा राज्यमन्त्री ट्रेभेलियनलको नेपाल भ्रमण हुन लागेको हो । यस क्रममा उहाँले अरुण तेस्रो परियोजना पनि अवलोकन गर्नुहुने छ । उक्त विद्युत परियोजनामा बेलायतले लगानी बोर्डमार्फत आर्थिक लगानी गरेको छ ।
     
    राज्यमन्त्री ट्रेभेलियनलको भ्रमणको दौरान सन्धि एक सय वर्ष पुगेको उपलक्ष्यमा नेपालस्थित बेलायती दूतावासले एक कार्यक्रम गर्नेछ । साथै उहाँ धरान पुगेर भेट्रान गोर्खाको कार्यक्रममा पनि सहभागिता जनाउनुहुने छ ।
     


    सोमवार, फाल्गुण ८ २०७९०७:५१:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij