Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

आयोगले गर्‍यो चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले गर्‍यो चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

  • शनिवार, फाल्गुण ६ २०७९

  • 321
    SHARES

  • आयोगले गर्‍यो चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    काठमाडौ। निर्वाचन आयोगले चितवन २ को उपनिर्वाचनका लागी दल दर्ताको आह्वान गरेको छ। आयोगले आगामी १० वैशाखका लागी तय गरेको उपनिर्वाचनमा सहभागी हुन चाहने राजनीतिक पार्टीलाई दल दर्ताका लागि आह्वान गरेको हो।

    आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा आगामी १० वैशाखमा उपनिर्वाचन हुन लागेको हो। आयोगका अनुसार १० देखि १६ फागुनसम्म दल दर्ता गरिसक्नुपर्नेछ।

    ‘नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सबन्धि ऐन २९७३ को दफा ४ बमोजिम १० देखि १६ फागुन २०७९ सम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसुची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ काठमाडौंमा कार्यालयमा दर्ताका लागि निवेदन सूचित गरिन्छ,’ आयोगले जारी गरेको सूचनामा उल्लेख छ।


    शनिवार, फाल्गुण ६ २०७९०१:२१:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij