Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाः सबै पारामिटर नर्मल, क्रित्रिम अक्सिजन घटाईयो

चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाः सबै पारामिटर नर्मल, क्रित्रिम अक्सिजन घटाईयो

  • शनिवार, फाल्गुण ६ २०७९

  • 333
    SHARES

  • चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाः सबै पारामिटर नर्मल, क्रित्रिम अक्सिजन घटाईयो

    काठमाडौं। ग्यास सिलिन्डर लिक भएर आगोको जलनमा परेका नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ।

    भण्डारीसँगै रहनुभएका नेता योगराज कँडेलले दिएको जानकारीअनुसार अहिले ‘सबै पारामिटर नर्मल’ रहेकोले उहाँलाई दिँदै आएको अप्राकृतिक अक्सिजनको मात्रा पनि ४५ प्रतिशतले घटाइएको छ।

    भण्डारीको हिजो पहिलो सर्जरी गरिएको थियो ।पहिलो सर्जरी गर्दा दायाँ खुट्टामा एकदमै डिप इन्जरी रहेको कारण सोचेभन्दा धेरै समय लागेको र अब्जरवेसन पनि कम्तिमा १–२ घण्टा राख्नुपर्ने नियम रहेका कारण दोस्रो अपरेसन गर्न नसकिएको कँडेलले बताउनुभयो।

    फोक्सोको तल्लो भागमा मात्र कार्वन मोनो अक्साईडको मात्रा देखिएको छ।डा.को भनाईअनुसार हाल तल्लो भागमा मात्र रहेकाले हृदयमा असर नपर्नेसमेत जानकारी प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।


    शनिवार, फाल्गुण ६ २०७९१०:३४:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij