Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भण्डारीद्वारा ३ सय ९५ जनाको सजाय माफी

राष्ट्रपति भण्डारीद्वारा ३ सय ९५ जनाको सजाय माफी

  • शनिवार, फाल्गुण ६ २०७९

  • 341
    SHARES

  • राष्ट्रपति भण्डारीद्वारा ३ सय ९५ जनाको सजाय माफी

    काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३ सय ९५ जनाको सजाय माफी गरिदिनुभएको छ। मन्त्रिपरिषद्को फागुन ४ को बैठकको सिफारिसका आधारमा भोलिदेखि लागू हुने गरी विष्णुकुमार लिम्बुसहितका ३ सय ८१ जना र पुष्कर गौतमसहित १४ जनाको कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

    भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा विभिन्न अदालतबाट भएको फैसला बमोजिम लागेको सजाय संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ अनुसार माफी सिफारिस भएअनुसार राष्ट्रपतिले यस्तो निर्णय गर्नुभएको हो।

    यस्तै राष्ट्रपति भण्डारीले वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा भाग लिएका उम्मेदवारको जरिवाना पनि मिनाहा गरिदिनुभएको छ। निर्वाचन आयोगले समयमा निर्वाचन खर्च नबुझाएको भन्दै जनप्रतिनिधिहरूलाई निर्वाचन ऐन अनुसार जरिवाना र ६ वर्षसम्म निर्वाचनमा भाग लिन नपाउने निर्णय गरेको थियो। राष्ट्रपतिले जरिवाना मिनाहा गर्ने निर्णय गरेसँगै एक लाखभन्दा बढी व्यक्तिहरूले जरिवाना बुझाउन नपर्ने भएको छ।


    शनिवार, फाल्गुण ६ २०७९१०:१६:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij