Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

हप्ता १० दिनमा राजनीतिको नयाँ कोर्ष सिर्जना हुन्छ : रमेश लेखक

हप्ता १० दिनमा राजनीतिको नयाँ कोर्ष सिर्जना हुन्छ : रमेश लेखक

  • शुक्रवार, फाल्गुण ५ २०७९

  • 340
    SHARES

  • हप्ता १० दिनमा राजनीतिको नयाँ कोर्ष सिर्जना हुन्छ : रमेश लेखक

    काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने दाबी गर्नुभएको छ । आज सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पार्टीले गरेको कानूनविद्हरुसँगको छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

    उहाँले अबको हप्ता १० दिन भित्र नै नयाँ राजनीति परिस्थिति सिर्जना हुने सम्भावना रहेको बताउनुभयो । उहाँले एमालेले धेरै अधैर्य र अस्थिर राजनीति देखिएको बताउनु भयो । उहाँले एमाले विचलित भइरहेको भन्दै अहिलेको सत्तँ गठबन्धन स्थिर नरहेको बताउनुभयो ।

    प्रमुख सचेतक लेखकले मुल राजनीतिक मुद्दा जुन छ, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा, संविधानको सार्थक कार्यान्वयनका मुद्दामा नेपाली कांग्रेसमाथि नै भरोसा गर्ने स्थिति रहेको बताउनुभयो ।

    उहाँले नेकपा एमाले संसद विघटको चाहना राखेर अघि बढ्ने पार्टी भएको उल्लेख गर्दै यस्ता पदहरु जो संविधानको रक्षा, व्यवस्थाको सुदृढीकरणसँग, संविधानको सार्थक कार्यान्वयनसँग जोडिएका पदमा कांग्रेसको स्वभाविक दाबी रहने बताउनुभयो । उहाँले काँग्रेस राष्ट्रपतिका लागि सकारात्मक र आशावादी रहेको उल्लेख गर्नुभयो ।


    शुक्रवार, फाल्गुण ५ २०७९०५:५८:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij