Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

एमालेविरुद्ध चक्रव्यूह रच्ने प्रयास भईरहेको छ :केपी ओली

एमालेविरुद्ध चक्रव्यूह रच्ने प्रयास भईरहेको छ :केपी ओली

  • शुक्रवार, फाल्गुण ५ २०७९

  • 306
    SHARES

  • एमालेविरुद्ध चक्रव्यूह रच्ने प्रयास भईरहेको छ :केपी ओली

    काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भईरहेको आरोप लगाउनुभएको छ। दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ को भर्चुअलरुपमा उद्याटन गर्दै उहाँले स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरुले अहिले पनि आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास गरिरहेको भन्दै त्यसलाई तोडेर अघि जानुपर्ने अवस्था रहेको पनि बताउनुभयो ।

    अध्यक्ष ओलीले अस्वस्थ ढंगले चल्ने राजनीतिक दलहरुलाई पराजित गर्नेगरी तयारी गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिनुभयो। विगतमा आफ्नो पार्टीलाई एक्ल्याउने शक्ति र प्रवृत्तिहरु अहिले पनि रहेकाले त्यस्ता शक्तिहरुको षडयन्त्रबारे जनतालाई बुझाउँदै लैजानुपर्ने जरुरी रहेको पनि बताउनुभयो ।

    अध्यक्ष ओलीले पार्टीको रक्षामा दृढतापूर्वक उभिन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो। पार्टी हितको पक्षमा नभिने नेता, कार्यकर्तालाई पार्टीले पनि हित गर्ने उहाँको भनाई थियो ।

    ओलीले आगामी ४ वर्ष पछिहुने निर्वाचनमा ५० प्रतिशत भन्दा बढि स्थानमा पार्टीलाई विजयी गराउने गरी पार्टीेले ‘मिसन ग्रासरुट’ अभियान संचालन गरेको स्पष्ट पार्नुभयो । ओलीले एमालेजस्तो पवित्र उद्देश्य भएको पार्टी अरु नरहेको जिकीर गर्नुभयो ।


    शुक्रवार, फाल्गुण ५ २०७९०५:५४:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij