काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुग्नुभएको छ। राष्ट्रपतिको निर्वाचन नजिकिएका बेला राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्नेबारे प्रचण्ड र ओलीबीच सझदारी भइसकेको छैन ।
यसबारे छलफल गर्न प्रचण्ड बालकोट पुग्नुभएको हो। राष्ट्रपतिको उम्मेदवारलाई लिएरहिजो पनि प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल भएको थियो। तर, दुई नेताहरु सहमतिमा पुग्न सकेका थिएनन् ।
पुस १० मा भएको सहमतीअनुसार राष्ट्रपति आफुले पाउनुपर्ने एमाले अध्यक्ष ओलीको अडान छ भने प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतीको पक्षमा हुनुहुन्छ। यसले गर्दा एमाले प्रचण्डसाग सशंकित छ भने काँग्रेस यहि मौकाको फाइदा उठाउने दाउमा र माओवादीले आफ्नो पार्टीको उमेद्वारलाई सघाउने अपेक्षमा छ ।