काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको कैद मिनाहाको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा गृह मन्त्रालयले कैद मिनाहाका लागी मन्त्रिपरिषदमा पठाएको फाइल मन्त्रिपरिषदले राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरेको हो ।
कैद माफी मिनाहाको अन्तिम निर्णय राष्ट्रपतिबाट हुन्छ। राष्ट्रपति कार्यालयले आगामी ७ फागुनमा प्रजातन्त्र दिवसका अवसरमा असल चालचलन भएका केही कैदीहरुको कैद माफीमिनाहा गर्दैछ। सांसद चौधरी कैदमुक्त हुनासाथ सांसदको जिम्मेवारी बहन गर्न पाउछन् ।
गृह मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ अनुसार सजाय माफीको प्रक्रिया अघि बढाएको हो। कैलाली–२ बाट निर्वाचित सांसद चौधरीमाथि ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजायको फैसला भएको थियो। उनी सांसद बनेपछि पक्राउ परेका थिए ।