Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड सरकारलाइ काँध थापेर जोगाउँछौं, राष्ट्रपतिको विषयले तलमाथि हुदैँन : कांग्रेस

प्रचण्ड सरकारलाइ काँध थापेर जोगाउँछौं, राष्ट्रपतिको विषयले तलमाथि हुदैँन : कांग्रेस

  • शुक्रवार, फाल्गुण ५ २०७९

  • 385
    SHARES

  • प्रचण्ड सरकारलाइ काँध थापेर जोगाउँछौं, राष्ट्रपतिको विषयले तलमाथि हुदैँन : कांग्रेस

    काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रपतिको विषयलाई लिएर प्रचण्ड सरकार तलमाथि हुन थाले काँध थाप्ने भएको छ। राष्ट्रपति निर्वाचनमा कुनै पनि दलले कांग्रेसको उम्मेदवारलाई समर्थन गर्दा सत्ता तलमाथि हुने अवस्थामा वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकरारलाई कांग्रेसले साथ दिने भएको हो।

    नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले माओवादी केन्द्र नेतृत्वको सरकारको निरन्तरताका लागि कांग्रेस तयार रहेको बताउनुभएको हो। महतले नेतृत्व तहमा छलफल भइरहेको र परिस्थिति अनुकुल बन्दै गएकोले राष्ट्रपतिलाई लिएर प्रचण्ड सरकार तलमाथि हुने अवस्थामा कांग्रेसले साथ दिने बताउनुभयो ।

    पुस १० मा सत्ता गठबन्धनमा राष्ट्रपति एमालेले पाउने सहमति भएपनि अहिले भने राष्ट्रिय सहमति खोज्ने प्रधानमन्त्री प्रचण्डको अडान छ। यसले सत्ता गठबन्धनमा राष्ट्रपतिको उम्मेदवारबारे अन्योलताको स्थिति छ ।

    प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकोले कांग्रेस राष्ट्रपतिमा माओवादीको साथ पाउनेमा आशावादी छ। कांग्रेसमा पनि सभापति शेरबहादुर देउवाले ९ माघमा बसेको शीर्ष नेताको बैठकमा नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम अगाडि सार्नुभएको थियो ।

    कांग्रेसबाट राष्ट्रपतिमा गोपालमान श्रेष्ठ र मानबहादुर विकले पनि आकांक्षा राखेको पाइन्छ। तर यस विषयमा केही दिनमा केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेर राष्ट्रपतिको उम्मेदवार तय गर्ने प्रवक्ता महतले बताउनुभएको छ ।


    शुक्रवार, फाल्गुण ५ २०७९०१:१८:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij