Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगरले न्यायिक समितिको राष्ट्रिय सम्मेलन गर्दै

काठमाडौं महानगरले न्यायिक समितिको राष्ट्रिय सम्मेलन गर्दै

  • बिहिवार, फाल्गुण ४ २०७९

  • 436
    SHARES

  • काठमाडौं महानगरले न्यायिक समितिको राष्ट्रिय सम्मेलन गर्दै

    काठमाडौं। काठमाडौं महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने भएको छ । चैत २४ र २५ गते स्थानीय तहमा न्याय सम्पादनको अनुभव आदान प्रदान गर्ने उदेश्यका साथ सम्मेलन आयोजना गर्न लागिएको महानगरले जनाएको छ ।

    सम्मेलनको तयारीका लागि उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा ‘न्यायिक समिति मूल समारोह समिति’ गठन गरिएको छ। उहाँकाअनुसार सबै पालिकाको न्यायिक समितिबाट प्रतिनिधित्व गराउने र असल अभ्यास आदान प्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो ।

    सम्मेलन ४ विषयमा केन्द्रित हुने गरी कार्यपत्र महानगरले तयार गरिरहेको डंगोलले बताउनुभयो ।न्यायिक समितिको अवधारणा, विभिन्न कानुनमा भएका न्यायिक समिति सम्बन्धी व्यवस्था, न्याय सम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार र यसको प्रचलन मुख्य विषयहरु रहने महानगरले जनाएको छ ।

    सम्मेलनपछि न्यायिक समिति राष्ट्रिय सञ्जाल, प्रदेश सञ्जाल र जिल्ला सञ्जाल चयन हुनेछ। राष्ट्रिय सञ्जालका पदाधिकारीहरुको चयन सम्मेलनबाटै हुनेछ। काठमाडौं विवाद निरुपण घोषणापत्र २०७९ जारी गर्दै सम्मेलन सकिने महानगरले जनाएको छ ।


    बिहिवार, फाल्गुण ४ २०७९०५:५४:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij