Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

बसिरहेकै ठाउँबाट मतदान गर्न पाउनु पर्छ : निर्वाचन आयोग

बसिरहेकै ठाउँबाट मतदान गर्न पाउनु पर्छ : निर्वाचन आयोग

  • बिहिवार, फाल्गुण ४ २०७९

  • 399
    SHARES

  • बसिरहेकै ठाउँबाट मतदान गर्न पाउनु पर्छ : निर्वाचन आयोग

    काठमाडौं। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानून बनाउनुपर्ने बताउनुभएको छ।

    आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अन्तिम मतदाता नामावलीमा नाम प्रकाशित भएका मतदाताले अस्थायी बसोवास भएको ठाउँबाट पनि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्न पाउनुपर्ने बताउनुभयो।

    उहाँले कर्मचारी र कैदीबन्दीलाई यसैपटक समानुपातिकमा मतदान गर्न दिइएको उल्लेख गर्दै आगामी दिनमा यस्तो व्यवस्था गर्न सकेमा मतदान गर्नेको संख्या बढ्ने बताउनुभयो ।

    प्रमुख निर्वाचन आयुक्त थपलियाले जनअनुमोदित राजनीतिक दलहरुलाई मात्रै सर्वदलीय बैठकहरुमा समावेश गराउने प्रावधान राख्नेगरी आयोगले निर्णय गर्न लागेको जानकारी दिनुभयो ।

    थपलियाले जिल्लामा सर्वदलिय बैठक राख्नुपरेमा सो जिल्लामा पार्टीको जिल्ला समितिको विवरण पेस गरेको, प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गरेको दलहरुलाई मात्रै बोलाउन आफूले निर्देशन दिएको बताउनुभयो । उहाँले आयोगले समावेशिता र लैंगिक समानतालाई अत्याधिक समेटेर निर्वाचन कानून तयार गरिरहेको पनि बताउनुभयो ।


    बिहिवार, फाल्गुण ४ २०७९०३:१०:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij