काठमाडौं । घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर विस्फोट भएर घाइते भएका नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारी र उहाँकी आमालाई थप उपचारका लािग इन्डिया लैजाने तयारी भैरहेको छ ।
बुधबार रातीकरिव १० बजेतिर घर काठमाडौंको बुद्धनगरमा ग्यास सिलिण्डर पड्किँदा सांसद भण्डारी र उहाँकी ८६ वर्षीया आमा घाइते हुनुभएको थियो ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार संभव नभएपछि डा. भण्डारी र उहाँकी आमालाई थप उपचारको लागि मुम्बइ लैजाने तयारी भैरहेको पत्रकार जीवन भण्डारीले जानकारी दिनुभयो ।
अहिले अस्पताल परिसरमा भारत लैजानेबारेमा छलफल भैरहेको छ । छलफलमा कांग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश थापा, नेता प्रदीप पौडेललगायत उपचारमा संलग्न चिकित्सको सहभागीता रहेको छ ।
छलफलले भण्डारी र उहाँकी आमालाई भारत लैजानेबारे सरकारसंग कसरी परामर्स गर्नेलगायतबारे निर्णय गर्ने पत्रकार भण्डारीले बताउनुभयो ।