काठमाडौं। नेपाल मजदुर किसान पार्टी नेमकिपाले प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारीलाई आफ्नो निर्वाचन क्षेत्रबाहिर घरजग्गा किन्न नदिने प्रस्ताव गरेको छ। आजको प्रतिनिधी सभा बैठकमा बेल्दै नेमकिपा का सांसद प्रम सुवालले मालपोत ऐनमा यस्तो व्यवस्था राख्न सुझाव दिनुभएको हो।
कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग)निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक अगाडि बढाएको छ। जहाँ मालपोत ऐनका पनि केही प्रावधान संशोधन गर्ने प्रस्ताव छ।
यही विधेयकमार्फत मालपोत ऐनमा सन्तुलित विकासका लागि केही व्यवस्थाहरु थप्नुपर्ने प्रस्ताव राख्दै सुवालले मुलुकको सन्तुलित विकासका लागि प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारीलाई आफ्नो निर्वाचन क्षेत्रबाहिर घरजग्गा किन्न नदिने व्यवस्था गर्न प्रस्ताव गर्नुभयो।